मनोरञ्जन

अदालतको आदेशपछि प्रचार रोकिएको फिल्म लाज शरणम सेन्सर पास

Banner

काठमाडौं, फागुन ११-

उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म लाज शरणम सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ।

शुक्रबार फिल्म जाँच गरिएको र आइतबार निर्मातालाई प्रमाणपत्र प्रदान गरिएको हो। पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालत पाटनमा रिट दायर गरेपछि फिल्मको प्रदर्शन अन्यौल भएको थियो। फिल्मका कलाकार सीताराम कट्टेलले निर्वाह गरेको पात्रको आवरण आफूसँग मिलेको भएकोले त्यसको प्रचार रोक्न भन्दै आलमले रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै पाटन उच्च अदालतले फिल्म सेन्सर पास नभएसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फिल्मको प्रचारप्रसार नगर्न अन्तरिम आदेश दिएको थियो।

सेन्सर पास भएसँगै फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने निश्चित भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>