मनोरञ्जन

‘कमेडी नाइट विथ च्याम्पियन्स’ को प्रसारण फागुन २० देखि

Banner

काठमाडौं, फागुन १०-

टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ फागुन २० गतेबाट प्रसारणमा आउने भएको छ।

१७ गतेदेखि शोको छायांकन सुरू गर्ने र २० गतेदेखि दर्शकमाझ ल्याउन लागिएको निर्देशक विशाल भण्डारीले जानकारी दिए।

दीपाश्री निरौला अध्यक्ष रहने शोको होस्ट निर्देशक विशाल स्वयंले गर्नेछन्।

शोमा कमेडियनहरू सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौंडेल, पवन भट्टराई, कैलाश कार्की, भरतमणि पौडेल, सुमन कोइराला, सन्तोष थापा र प्रभात लामाको प्रस्तुति रहनेछ।
थ्री–प्रोडक्सनको निर्माण गर्न लागेको शो हिमालय टेलिभिजन र ओएसआर रियालिटीमा हेर्न सकिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>