Breaking News

हामी १७ वर्ष डेरामा बस्यौं, पसिना र मेहनतको कमाइबाट घर बनायौंः राधिका शाक्य

Banner

काठमाडौँ, फागुन १०-

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी तथा प्रथम महिला राधिका शाक्यले आफूहरूले मेहनत र ईमानदारीबाट जीवनयापन गरेको बताएकी छन्। शनिबार राजधानीमा आयोजित आफ्नो ‘करुण’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

शाक्यले लामो समय राष्ट्र बैंकमा सेवा गरेको अनुभव सुनाउँदै भनिन्, ‘मैले ३०र३० वर्ष राष्ट्र बैंकमा सेवा गरेँ। उहाँ (ओली) पनि २०४८ सालदेखि लगातार सांसद हुनुहुन्छ।’ उनले राष्ट्र बैंकमा राम्रो सेवा सुविधा भए पनि आफूहरूले मेहनत गरेर मात्र घर बनाउन सफल भएको सुनाइन्।

‘मैले ३३ वर्ष राष्ट्र बैंकमा सेवा गर्ने मौका पाएँ। मलाई लाग्छ, अन्य ठाउँको तुलनामा राष्ट्र बैंकमा सेवा सुविधा राम्रै छ। जसोतसो मेहनत गरेर हामीले एउटा घर बनाएकै हो। २०४३ सालमा बिहे गरेपछि १७ वर्षसम्म डेरामा बस्यौँ,’ शाक्यले भनिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>