Breaking News
ताप्लेजुङवासी केबलकार आवश्यक मान्छन्, बाहिरकाले बिथोल्न खोजेः पोखरेल

काठमाडौं,फागुन ८-
सरकारको नेतृत्व गरिरहेको एमालेका महासचिव शंकर पोखरेलले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणमा जिल्ला बाहिरका मान्छेले अवरोध गर्न खोजेको आरोप लगाएका छन् । ताप्लेजुङवासीले पाथीभरामा केबुलकार निर्माण आवश्यक मानेको दाबी पोखरेलको छ । ताप्लेजुङको पाथिभरामा नो केबलकार समूहु र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको थियो । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
बिहीबार साझँ पोखरेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथिभरालाई मुलुकै प्रमुख धार्मिक तथा साँस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केबलकारसहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन ।
महासचिव पोखरेलले बाहिरबाट को गएर त्यहाँ केबुलकार निर्माण बिथोल्ख खोजेको हो भन्ने उल्लेख गरेका छैनन् ।



























