भिडियो
‘सक्किगो नि’को ९१ औं एपिसोड प्रसारण नहुने
०

काठमाडौँ, फागुन ८-
पाटन उच्च अदालतले फिल्म ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाएपछि यसको प्रभाव टिभी श्रृंखला ‘सक्किगो नि’लाई समेत परेको छ । यी दुबैको निर्माण जेपीटी क्रिएसनले गरेको हो ।
कम्पनीका प्रमुख तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक संजालबाट प्रचारप्रसारका लागि छायांकन गरिसकिएको ‘सक्किगो नि’को ९१ औं भाग रोकिएको जनाएका हुन् ।
उनले लेखेका छन्, ‘पाटन उच्च अदालतले हाम्रो चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल ‘सक्किगो नि’को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसात गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























