बलिउड/हलिउड

‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान

Banner

काठमाडौं, फागुन ८-

बलिउड अभिनेता सलमान खान हलिउड फिल्ममा डेब्यू गर्दैछन्।

सन् २०२१ को अर्जेन्टिनी फिल्म ‘द सेभेन डग्स’ को रिमेकमार्फत उनले हलिउडमा डेब्यू गर्न लागेका हुन्। यस फिल्मलाई रोड्रिगो गुरेरोले निर्देशन गरेका थिए।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो हलिउड फिल्मको छायांकन दुबईमा भइरहेको छ। छायांकन सेटबाट सलमानको फर्स्टलुक लिक भएको छ।

सार्वजनिक भिडिओमा उनी गम्भिर अवतारमा देखिएका छन्। एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘मेगास्टार सलमान खान आफ्नो हलिउड फिल्मको छायांकनको लागि साऊदी अरबमा छन्।’

सलमान आगामी बलिउड फिल्म सिकन्दर मा देखिनेछन्। यसमा उनी अभिनेत्री रश्मिका मन्दनासँग देखिनेछन्। यो फिल्म सन् २०२५ को इदमा प्रदर्शन हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>