चितवन विशेष
यतिबेला हामी संगठन पुर्ननिर्माण अभियानमा लागि परेका छौँ: केन्द्रीय अध्यक्ष पहाडी

चितवन, फागुन ३-
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल(नाड्जोन)का केन्द्रीय अध्यक्ष विनोद पहाडीले संगठन पुर्ननिर्माण अभियानमा लागि परेको बताएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन (नाड्जोन) को आयोजनामा भएको बधाई, सम्मान तथा वनभोज कार्यक्रममा संविधान सभा सदस्यसमेत रहेका पहाडीले संगठन पुर्ननिर्माण अभियानमा लागि परेको बताएका हुन् ।
उनले दलित पत्रकार सङ्ख्यात्मक भन्दा गुणात्मक रूपमा अघि भएको अध्यक्ष पहाडीले बताए । उनले भने, ‘यतिबेला संगठन पुर्ननिर्माण अभियानमा हामी लागि परेका छौँ ।, अहिले प्रदेश अधिवेशन तिब्र गतिमा भैरहेको छ ।’ संघको केन्द्रीय दोस्रो राष्ट्रिय महाधिवेशन चैत मसान्तसम्म आयोजना गरिने र सो को तयारी भइरहेको केन्द्रीय अध्यक्ष पहाडीले बताए ।
कार्यक्रममा क्रियाशील रहेका विभिन्न पत्रकार संगठनका नवनिर्वाचित समितिहरूलाई सम्मान गरिएको थियो ।