चितवन विशेष

प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन चितवनको अध्यक्षमा सुभाष पोखरेल

Banner

चितवन फागुन ३-

प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन चितवनको अध्यक्षमा सुभाष पोखरेल चयन भएका छन् ।

आज सम्पन्न तेस्रो जिल्ला अधिवेशनले पोखरेलको नेतृत्वमा ११ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । कमिटीको उपाध्यक्षमा दिपक खनाल, सचिवमा गौतम ढकाल, सह सचिवमा खेमविक्रम थापा (काउचा) र कोषाध्यक्षमा अनिष काफ्ले चयन भएका छन् भने सदस्यहरुमा सागर पाठक, रोचक अधिकारी, तुलसी खनाल, अभियान पोखरेल, नारायण बोहोरा र सुष्मा रिजाल चयन भएका छन् ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष सुरज लामिछानेको प्रमुख उपस्थिति रहेको उद्घाटन सत्र चन्द्रमणी बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य शालिकराम पौडेलले र संचालन अधिकार चालिसे गरेका थिए । एमाले निकट प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन चितवनको अधिवेशनको उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य यम बहाहदुर परियार, एमाले चितवनका उपाध्यक्ष श्यामकुमार विष्ट, प्रकाश आचार्य, माधव उप्रेती, राजु पौडेल, प्रकाश भट्ट, उत्तम सेढाई, शिव चापागाईं, सुर्य प्रसाद लामा, हरि आचार्य लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>