चितवन विशेष

सौराहा फुड फेस्टिवको आज अन्तिम दिनः एलिना चौहानसहितका चर्चित कलाकार आउँदै

Banner

चितवन,फागुन ३-

१९औं संस्करणको सौराहा फुड फेस्टिवलको आज अन्तिम दिन । फेस्टिवलको सांस्कृतिक कार्यक्रम अन्तर्गत एलिना चौहान, शान्तिरानी परियार, रेशम निर्दोश, सुनिल पण्डितको प्रस्तुती रहने रेवानका महासचिव नवीन नेपालले जानकारी दिए ।

फेस्टिवल अन्तर्गत आयोजित रेवान कप महिला फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । दिउसो ३ बजे सुरु हुने रेवान कपको उपाधिका लागि रत्नप्रिय क्लव र अभिषेक चर्ज रजहर बीच हुने छ । फेस्टिवल अन्तर्गत वेटर रेस र व्याडमिन्टन प्रतियोगिता सम्पन्न भइसकेको छ । प्रणय दिवसको दिन हिजो एकै दिन ५५ लाखको कारोबार भएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

प्रणय दिवसको अवसरमा सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा (रेवान) को आयोजनामा १९औँ संस्करणको सौराहा फुड फेष्टिबल गरिएको हो । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ । चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । ९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबल अबधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोड रुपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबल फागुन ३ गते सम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>