भरतपुर

नेकपा एमाले भरतपुर २ मा वडा केन्द्रित पार्टी निर्माण अभियान सुरु

Banner

चितवन, फागुन २ –

नेकपा (एमाले) भरतपर महानगरपालिका २ मा वडा केन्द्रित पार्टी निर्माण अभियान सुरु भएको छ ।पार्टी केन्द्र र प्रदेशको निर्देशन बमोजिम वडा केन्द्रित पार्टी निर्माण अभियान सुरु भएको हो ।
अभियानका उत्प्रेरक पूर्ण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अभियानको शुभारम्भ कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कृष्ण भक्त पोखरेलले उपस्थिति जनाएका थिए । कार्यक्रममा बोल्दै पोखरेलले संगठन निर्माणमा सबै लाग्न अनुरोध गरेका छन् । उनले पार्टीप्रति अझ इमानदार भएर अघि बढ्न आग्रह पनि गरेका छन् । एमालेले गर्दा नेपालमा विकास सम्भव भएको भन्दै समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नमा जोड दिए । आगामी चुनावमा एमालेको एकल बहुमतको सरकार निर्माण गर्न आजैदेखि योजनाबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा एमाले चितवनका सचिवालय सदस्य कृष्ण केसी, एमाले चितवनका सदस्य एवम् भरतपुर २ का पार्टी इन्चार्ज नवराज ढकालले तीन महिने वडा केन्द्रित अभियानमा गर्नुपर्ने कामहरुका बारेमा प्रष्ट पारेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>