Breaking News
जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता हुने, संसद्मा छैटौँ ठूलो दल बन्दै

काठमाडौं,फागुन १-
डा.चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता हुने पक्का भएको छ। अहिले एकताको मजबुत आधार तयार पार्नका लागि जनमतका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी लागिपरेका छन्। उनीहरूका बीचमा शृङ्खलाबद्ध रूपमा संवादसमेत हुने गरेका छन्।
पार्टी एकता हुने पक्का भइसकेको र अन्तिम संवाद मात्रै बाँकी रहेको नेताहरूले बताएका छन्। अन्तिम संवाद नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी नेपाल फर्केपछि हुने संरक्षक रेशम चौधरीले जानकारी दिए। अहिले रञ्जिता देश बाहिर छिन्।
चौधरीका अनुसार पार्टी एकताको आधार तयार भइसकेको छ। एकताका लागि आधार लगभग तयार भइसकेको छ। हाम्रा बीचमा समान विचारधारा भएकाले पनि एकताका लागि सहज छ। फेरि हामी दुबै आन्दोलन, सडकबाट उठेको नेता हौँ। जनताका खातिर जेलनेल भोगेका नेता हौँ। त्यसकारण एकताका लागि आधार तयार भइसकेको छ।