चितवन विशेष

निर्वाचनअगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब कांग्रेस रहँदैनः गगन थापा

Banner

चितवन,माघ २८-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनअगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् । सोमबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन उनले अब अर्को पार्टीको चुनाव चिह्नमा मत हालौँ भन्ने आँट कसैले गर्न नसक्ने बताए ।  ‘२०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिह्नमा मत हालौँ भन्ने आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो कांग्रेस रहँदैन । हिजो यसका लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिङ्गो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो ।’

उनले निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई समानुपातिक मत मान्ने प्रस्तावमा छलफल गरिरहेको पनि बताए । ‘अहिले त निर्वाचन आयोगले एउटा प्रस्तावमा छलफल गरिरहेको छ– १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने । त्यसो भएपछि कसैले निर्वाचनअगाडि गठबन्धन गर्ने आँट नै गर्दैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>