मनोरञ्जन

‘ए मेरो हजुर ५’ बाट फिल्ममा डेब्यु गर्दै खेम सेन्चुरी

Banner

काठमाडौं, माघ २७-

अहिलेका चर्चित संगीतकार खेम सेन्चुरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । संगीतकारको रुपमा शनिबार उनले आगामी फिल्म ‘ए मेरो हजुर ५’ साइन गरे ।

निर्माता कम्पनी सुहाना इन्टरटेनमेन्टका लागि निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापासँग उनले लिखित सहमति गरेका छन् ।

सामाजिक संजालमा यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘जीवनमा सबैखाले चुनौती स्वीकार गर्दै अघि बढियो । यो क्रम जारी नै छ । फलको आशा नराखी कर्ममा विश्वास गर्दा यहाँहरुको अपार मायाले एकपछि अर्को सिँढी उक्लने प्रयास गर्दैछु । मेरो सांगीतिक जीवन पहिलो पटक नेपाली चलचित्रसँग पनि जोडिने भएको छ ।’

नेपाली लोकसंगीत क्षेत्रका चर्चित संगीतकार सेन्चुरीले पछिल्लो समय एकपछि अर्को ब्लकबस्टर गीतहरू पस्किएका छन् । उनको पछिल्लो कम्पोज ‘म त ढलेँ ढलेँ’ यसवर्ष धेरै सुनिएको गीतमध्ये एक हो । शनिबार मात्रै उनको गीत ‘अरेली काँडैले मलाई च्वास्स’ पहिलोपटक १० करोड भ्यूज पाउने लोकगीत बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>