Breaking News

रविको मुद्दामा थुनछेक बहस सकियो, आदेशको पर्खाइमा

Banner

चितवन, माघ २४-

साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत चितवनमा बुधबारबाट न्यायाधीश दयाराम ढकालको इजलासमा जारी थुनछेक बहस बिहीबार सकिएको हो।

वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए । जाहेरवालाहरूका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ,अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेको अदालतका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिए । प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता श्री शुशिलकुमार पन्त, जगन्नाथ भण्डारी, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र श्री डा नारायणदत्त कंडेलले बहस गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>