Breaking News
चितवनमा वादी र जाहेरवालतर्फको बहस सकियो, रविको तर्फबाट बहस जारी

चितवन, माघ २६-
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको थुनछेक बहस मुद्दामा जाहेरवाला र वादीको तर्फबाट बहस सकिएको छ । अब रास्वपाका सभापति रवि लामिछाने पक्षका वकिलहरूको बहस सुरू भएको छ। सुरूमा सुशीलकुमार पन्तले बहस गरेका छन्।
रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र अधिवक्ताहरू केदारराज पन्त, दिपकराज तिमिल्सिना, नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता भएको विश्वकर्माले बताए।
यसअघि जाहेरीवाला (सहकारी पीडित) तर्फका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरु रामचन्द्र गौतम र सुनिता अधिकारीले बहस गरेका थिए।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बिहीबार सुरूमा सरकार पक्षबाट बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनीले थुनछेक बहस गरेका थिए।
























