Breaking News

चितवन राष्ट्रिय निकुञ्ज भित्रको हुलाकी मार्गमा २४सै घण्टा सवारी साधान गुड्न पाउने

Banner

चितवन माघ २३-

चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुला गरिने भएके छ । चितवन राष्ट्रिय निकुञ्ज भएर पुग्नुपर्ने जिल्लाको माडी नगरपालिका जान अब चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुला गर्न लागिएको हो ।
माडी जान चितवन राष्ट्रिय निकुञ्जको बनकट्टादेखि कसरासम्मको हुलाडी सडकखण्ड बिहिबारदेखि २४सै घण्टा खुला गर्ने सहमति भएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनताको माग र आवश्यकतालाई हेरेर ट्यालका रुपमा चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा चल्न दिने गरी निकुञ्ज लचक भएको बताए।

निकुञ्जको मुख्य कार्यालय कसरादेखि माडीको रिउपुलसम्म करीव १० किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । निकुञ्जले यसअघि राती १० बजेदेखि ४ बजेसम्म निकुञ्ज क्षेत्र भएर यात्रा गर्न रोक लगाएको थियो ।

नीजि र सार्वजनिक दुवै सवारीको हकमा यस्तो सहमती भएको हो। निकुञ्जले मोटरसाइकल लगायतका दुईपाङ्ग्रेलाई भने रातको बेलामा सो सडक भएर जान नपाउने नियमलाई यथावत राखेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा, नेपाली सेनाको नयाँ गोरख गण कसराका मेजर जीवन बिष्ट, माडी नगर उपप्रमुख खेमप्रसाद महतो, माडी १ का वडाध्यक्ष अमित कुमार लामा, भरतपुर २३ वडाध्यक्ष दीपक दवाडी, निकुञ्जको माडी बगहीँ सेक्टर संयोजक नारायणदत्त सापकोटा, उपभोक्ता समिति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको बैठकले यस्तो सहमति गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>