भरतपुर

चितवनमा पन्ध्र जना श्रमीकलाई सामाजिक सुरक्षा कार्ड वितरण

Banner

चितवन, माघ २३-

सामरी उत्थान सेवा चितवनले पन्ध्र जना श्रमीकलाई सामाजिक सुरक्षा कार्ड वितरण गरेको छ ।

हिजो (मङगलबार) आनौपचारिक क्षेत्रमा काम गर्ने श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उद्देश्यले महानगर फलफुल तथा तरकारी बजारका श्रमीकलाई सामाजिक सुरक्षा कार्ड वितरण गरेको हो । लामो समयको प्रयासपछि श्रमिकलाई कार्ड वितरण गर्न सफल भएको उत्थान सेवाकी कार्यकारी निर्देशक विमला गायकले बताउनुभयो ।

२० वर्षदेखि सामाजिक, आर्थिक, क्षमता विकासमा काम गर्दै आएको निर्देशक गायकले बताउनुभयो । सामरी उत्थानले सामाजिक सुरक्षा कोषमा पाँच वर्षमा श्रमीकको संख्या बढाउदैँ जाने लक्ष्य लिएको उहाँको भनाइ छ । भरतपुर महानगरपालिका-२ का वडा अध्यक्ष मनोज रानाभाटले भविष्यमा सुरक्षित हुनको लागि यस कार्ड उपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘श्रम गर्ने श्रमिकलाई वडाले दिने सेवा सुविधा पाउने छन् । राज्यले दिने सेवा सुविधाबाट श्रमिक बञ्चित हुने छैनन् ।’ श्रमिको सुरक्षाको जिम्मा वडाले लिने अध्यक्ष रानाभाटले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>