Breaking News

साहारा चितवन सहकारी प्रकरणः रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

Banner

चितवन, माघ २२—

साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ । लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

अभियोगपत्रमा लामिछानेले सहकारी संस्थाबाट तलबबाहेक पनि रकम लिएको देखिएको उल्लेख छ । ुविभिन्न व्यक्ति तथा संस्थाहरूलाई भुक्तानी गरी आफूले समेत भुक्तानी लिई ठगी गर्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहेको पुष्टि हुन्छ, अभियोपत्रमा भनिएको छ ।

साहारा सहकारी ठगीमा गएको असोज ८ गते सहकारीका संस्थापक गितेन्द्रबहादुर (जीबी) राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरूद्ध मुद्दा दायर भइसकेको छ । सोही दिननै सरकारी वकिल शान्तिप्रसाद लुँइटेलले साहारा चितवनको रकम गएको देखिएको गोरखा मिडियालगायतका कम्पनीका सम्बन्धमा पनि थप अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएका थिए । लामिछाने गोरखा मिडियाका तत्कालीन शेयरधनी, सञ्चालक र प्रबन्ध निर्देशक हुन् । हाल निलम्बित रहेका लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट विजयी सांसद पनि हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>