चितवन विशेष

सिमसार दिवसमा चितवनमा विविध कार्यक्रम

Banner

चितवन, माघ २०–

चितवन राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा आज विविध कार्यक्रम गरेको छ ।

‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने मुल नाराका साथ निकुञ्जले रामसार सूचीमा सुूचिकृत बीस हजारी तालमा अन्तरक्रिया तथा फोहोर संकलन गरी दिवस मनाएको हो ।

मध्यवर्ती क्षेत्र, सामुदायिक वन, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, वडा कार्यालय, डब्लु डब्लु एफ नेपाल, एनटीएनसी लगायत संघसंस्थाको सहभागितामा कार्यक्रम गरिएको हो । यस्तै वरण्डाभार जैविक मार्ग अन्तरगत पूर्वपश्चिम महेन्द्र राजमार्गमा प्लाष्टिकजन्य फोहोर संकलन तथा चेतना अभिवृद्धि कार्यक्रम गरिएको छ ।

सिमसार र मानवबीच अन्तर सम्बन्ध, सिमसार संरक्षणका चुनौति, सिमसार पूर्नस्थापनामा भएका प्रयासहरु बारे आम नागरिकलाई यसको महत्व बुझाई यसको संरक्षणमा सबै तहतप्काको सहभागिता बढाउने कार्यक्रमको उदेश्य रहेको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख, वडा अध्यक्षहरु, संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुसहित डेढ सय जनाको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>