चितवन विशेष
शान्ति श्री परियारको स्वरमा रहेको ‘तोरी पेले तेल’ गीतले चर्चा बटुल्दै (भिडियो सहित)

चितवन, माघ १७-
लोकदोरी गीत ‘तोरी पेले तेल’ गीतले छोटो समयमा नै चर्चा बुलिरहेको छ । युटुब, टिकटक तथा फेसबुक लगायतका सामाजिक सञ्जालममा चर्चा बटुलिरहेको हो । शान्ति श्री परियार र गोपाल सापकोटाको स्वरमा रहेको यस गीतलाई युटुबमा मात्रै झण्डै साढे तीन लाख जनाले अवलोकन गरेका छन् । लोकप्रिय संगित युटुब च्यानल मार्फत यस गीतलाई बजारमा ल्याइएको हो ।
यस गीतको शब्द तथा संगीत गोपाल सापकोटाले गर्नुभएको छ भने गीतमा चर्चित कलाकार अर्जुन सापकोटा, उशा उप्रेति, जुना विश्वकर्मा र नव कलाकार गोविन्द सापकोटा, अमृत सापकोटा, शुष्मि कँडेलले अभिनय गर्नुभएका छन् ।
छायाङ्कन राजेश घिमिरे र निर्देशन मौसम हिमालीले गर्नुभएको उक्त गीतको भाका सजिलै गाउन सक्ने, नाच्न मिल्ने तथा उत्कृष्ट शब्दको कारण सामाजिक सञ्जाल, टिकटकमा पनि लोकप्रिय हुँदै गएको छ ।
सापकोटाका एक दर्जनको हाराहारीमा लोक गीत बजारमा आइसकेका छन् । उहाँले रचना गर्नुभएका गीत राजु परियारले गाउनुभएको लौन मारेनी, रैछौँ रनै पर्नि, विष्णु माझि र खुमन अधिकारीले गाएको स्वर्ग गएसी, टिका पुनको तिम्रो याद आउँदा, हजर जुनी जुनी, आउ बस रुख मुनि लगायतका गीत लोकप्रिय बनेका थिए ।
बाग्लुङको जैमिनी नगरपालिका -२ दमेकमा जन्मनुभएका सापकोटा हाल भरतपुर महानगरपालिका-९ मा बसोबास गर्दै आउनुभएको छ ।























