घटना -दुर्घटना

भरतपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

Banner

चितवन, माघ १६-

भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलवार बेलुका ६ः२० बजेको समयमा नयाँबस्तीबाट विजयनगरतर्फ जाँदै गरेको ना ५७ प १९४१ नम्बरको स्कुटरले पैदलयात्री विजयनगर बस्ने ८१ वर्षीय नन्दकला पौडेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

स्कुटरले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पौडेलको टाउकोमा रगत जमेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गएराति १२ः४९ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

स्कुटर चालक भरतपुर–१७ बस्ने वर्ष ३९ को टंक प्रसाद सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>