चितवन विशेष

भरतपुर–११ मा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन

Banner

चितवन, माघ १६-

भरतपुर महानगरपालिका वडा नं ११ ले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । युवाहरुलाई देशभित्रै रोकी सरकारी सेवामा प्रवेश गराउने उद्धेश्यले वडा कार्यालयले तयारी कक्षा सञ्चालन गरेको हो ।

सञ्जीवनी लोकसेवा केन्द्रको सहकार्यमा सञ्चालित तयारी कक्षामा वडाभित्रका ४५ जनाको सहभागीता रहेको भरतपुर–११ की वडा सदस्य लालमाया लामाले बताइन् । हिजो (मंगलवार)देखि सुरु भएको उक्त तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुने उनले जानकारी दिइन् ।

युवाहरु विदेश पलायन हुने क्रम बढिरहेका बेला उनीहरुलाई स्वदेशमै रोक्नका लागि वडा कार्यालयले तयारी कक्षा सञ्चालन गरेको वडा सचिव ओमप्रकाश न्यौपानेले बताए । शिक्षक सेवा आयोगको तयारी कक्षामा सहभागीहरुलाई सञ्जीवनी लोकसेवा केन्द्रका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।

तयारी कक्षा सञ्चालन हुनुअघि भएको औपचारीक कार्यक्रममा भरतपुर–११ का पूर्व वडा अध्यक्ष तेजेन्द्र खड्का, बाबुराम अधिकारी, कमल कुसुम माविका प्रधानाध्यापक रामेश्वर अधिकारी, सञ्जीवनी लोकसेवा केन्द्रका प्रशिक्षक इश्वरचन्द्र पौडेल लगायत विभिन्न टोल सुधार समितिका अध्यक्ष एवम् प्रतिनिधि सहभागी भएका थिए । कार्यक्रम सञ्जीवनी लोकसेवा केन्द्रका प्रमुख विपिन पाठकले संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>