खेलकुद

भोलिदेखि भरतपुरमा अन्तर वडा उपमेयर कप भलिबल प्रतियोगिता हुँदै

Banner

चितवन, माघ १५–

भरतपुर महानगरपालिकाको आयोजनामा भोलि (बुधबार)देखि अन्तर वडा उपमेयर कप (महिला/पुरुष) भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ चितवनको समन्वयमा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवद्र्धन गर्न वडास्तरीय उपमेयर कप आयोजना गरिएको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनले प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए । पछिल्लो समय भलिबलमा पुरुषसंगै महिला टिमले पनि उत्कृष्ट प्रदर्शन गर्न थालेकोले महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न यहाँ पनि महिला प्रतियोगिता आयोजना गरिएका् उपप्रमुख अधिकारीले बताए ।

भरतपुर–१० गेष्टहाउस चौरमा हुने प्रतियोगिताको भोलि विहान १० बजे समुद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा पुरुषतर्फ १६ देखि २० टिमको सहभागिता हुँदैछ । महिला टिम १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघका महासचिव एवं भरतपुर महानगर खेलकुद विकास समितिका सदस्य रमेश विश्वकर्माले जानकारी दिए ।

प्रतियोगितामा पुरुष र महिला टिमलाई बराबर पुरस्कार राशी राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ र सेमीफाइनलमा पुग्ने दुई टिमले समान १०/१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

खेलको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभ युट्युव च्यानलबाट हुनेछ ।

(1) Narayani khel Live – YouTube

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>