चितवन विशेष

भरतपुरका यी स्थानमा आज सात घण्टा बिजुली नआउने

Banner

चितवन, माघ १५-

भरतपुर महानगरपालिका वडा नं ७ को विभिन्न स्थानमा आज सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

भरतपुर–७ को कटहर चोकदेखि बुद्धचोकसम्म र आसपासरमा क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बताएको छ ।

वितरण केन्द्रले सोमवार एक सूचना जारी गरी विद्युत अवरुद्ध हुनेबारे जानकारी दिएको हो । ११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यका लागि विद्युत अवरुद्ध हुने भएको केन्द्रले जनाएको छ ।

निर्धारित समय अगावै काम सकिएमा छिटो लाइन सुचारु हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>