चितवन विशेष

रिटर्नी फेडेरेसन नेपाल चितवनको अध्यक्षमा नेत्रप्रसाद शर्मा चयन

Banner

चितवन,माघ १२-

रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी चितवनको अध्यक्षमा नेत्र प्रसाद शर्मा चयन भएका छन् । आज नेकपा (एमाले) चितवनको पार्टी कार्यालयमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले शर्माको नेतृत्वमा २३ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा तेजेन्द्र खरेल, जयन्ती अधिकारी, सचिवमा हरि प्रसाद शर्मा, सहसचिवहरुमा जय नारायण शर्मा, कमल प्रसाद अधिकारी र कोषध्यक्षमा धर्म राज अधिकारी चयन भएका छन् ।

नारायण अधिकारीको अध्यक्षतामा एवम् कृष्ण घोरासैनी र दिल कुमार श्रेष्ठको सदस्यतामा बनेको अध्यक्ष मण्डलले सर्वसम्मतबाट जिल्ला कमिटी घोषणा गरेको हो । दुर्लभ बन्दु पोखरेलको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा फेडेरेसनका केन्द्रीय उपाध्यक्ष सालिक बस्याल, नेकपा एमाले केन्द्रीय सदस्यहरु कृष्ण भक्त पोखरेल, यम बहादुर परियार, एमाले बागमती प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, एमाले चितवनका लेखा आयोग अध्यक्ष शंकर अधिकारी, प्रचार विभाग प्रमुख प्रकाश आचार्य लगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>