चितवन विशेष

कल्याणकारी महिला समूह भरतपुरमा नयाँ नेतृत्व

Banner

भरतपुर,माघ १२-

भरतपुरको कल्याणकारी महिला समूहको सातौ अधिवेशन एवं १७ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले लक्ष्मी पोखरेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । समुहका अध्यक्ष महेश्वरी थापाको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि संविधानसभा सदस्य कृष्णभक्त पोखरेल रहनुभएको थियो । सो अवसरमा उहाँले महिलाहरुको सक्रियतामा भएका गतिविधिहरु प्रशंसनिय रहेको भन्दै आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

२० वर्षअघि महिलाहरुले स्थापित गरेको यस संस्थाले भरतपुर १० बिरेन्द्र क्याम्पस रोड टोल विकासको भवनमा अफ्नो छुट्टै सभाहल निर्माण गरेको छ । समूहले महिला अधिकारका सबालमा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>