Breaking News

देउवा र ओलीले नचाहेसम्म सरकार तल माथि हुन्न: सञ्चारमन्त्री गुरुङ

Banner

काठमाडौँ, माघ १२-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म वर्तमान सरकार तल माथि नहुने बताएका छन्।

दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा उनले यस्तो बताएका हुन्। यस्तै उनले जनतालाई अनुभूत हुने गरी विकास निर्माणका काममा सरकार क्रियाशील रहेको पनि जिकिर गरे।

‘देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनको भनाइ छ। उनले भने, वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>