खेलकुद

नेपाल भलिबल लिग (एनभिएल)को तयारी तीव्र

Banner

काठमाडौं, माघ १०–

नेपाली खेलकुदमा पछिल्लो समय फ्रेन्चाइज लिगको रोमाञ्चकता बढिरहँदा देशका हरेक भू–भागमा खेलिने भलिबलको लिग आयोजनाले नेपाली समर्थक धेरै उत्साहित छन् ।

क्रिकेट, महिला भलिबल, कबड्डीको फ्रेन्चाइज लिग भैरहँदा पुरुष भलिबल लिगको तयारीमा तीव्रता दिइएको छ । नेपालको व्यावसायिक घरना तथा खेलप्रति चासो राख्ने केडिया ग्रुपले नेपाल भलिबल लिग गर्दैछ । नेपालको राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग आयोजनाले समर्थक पनि उतिकै उत्साहित र प्रतीक्षामा छन् । यता, नेपाल भलिबल लिग (एनभिएल) छिट्टै सुरु गर्ने गरी आयोजक पनि जुटेको छ । केडिया ग्रुपले यस लिगमा ‘उचाइको नयाँ उडान’ भन्ने स्लोगन दिएको छ । सो स्लोगनजस्तै भलिबललाई पनि नयाँ उचाइ दिने लक्ष्यसहित केडिया ग्रुपले तयारी थालेको हो ।

नेपाली खेलकुदमा पछिल्ला समय एकपछि अर्को फ्रेन्चाइज लिग सञ्चालनमा भइरहेका छन् । यी आयोजनाले खेलमार्फत आम मानिसहरूलाई आकर्षण पनि गरिरहेको छ । विश्व स्तरीय स्टार खेलाडी नेपालमा भित्रिँदा नेपालमा सर्वत्र चासो बढ्नु स्वाभाविक पनि हो । केडिया ग्रुप नेपाली खेलकुद समर्थकलाई ध्यानमा राखेर नै लिगलाई छिट्टै उचाइ र रोमाञ्चकता दिने प्रयासमा छ । पहिलोपल्ट पुरुष भलिबल लिग हुन लागेको हो । त्यसैले यसको सुरुआत राम्रो दिने लक्ष्यमा आयोजक छ । दीर्घकालमा यो फ्रेन्चाइजलाई दक्षिण एसियाकै उत्कृष्ट भलिबल लिगका रूपमा स्थापित गर्ने लक्ष्यमा आयोजक रहेको छ ।

त्यसका लागि स्टार खेलाडी भित्राउने, आम दर्शकका लागि योजनासँगै व्यवस्थित रूपमा लिग आयोजना गर्न पछि नपर्ने आयोजकको भनाइ छ । यसअघि नै एनभिएलको लोगो सार्वजनिक भैसकेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका थिए । साथै एनभिएलमा ६ फ्रेन्चाइज टोलीले खेल्ने पनि टुङ्गो लागिसकेको छ । हरेक फ्रेन्चाइज टोलीको नाम भलिबल खेल लोकप्रिय रहेका क्षेत्र प्राथमिकता राख्ने योजनामा आयोजक छ । सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले यसअघि नै स्पष्ट पारेको थियो । साथै ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछन् ।
लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुने तय भैसकेको छ । भविष्यमा होम एन्ड अवेका आधारमा लिग आयोजना गर्ने केडिया ग्रुपको दीर्घकालीन लक्ष्य छ ।

नेपाल भलिबल संघले केडिया ग्रुपसँग सात वर्षका लागि लिग आयोजना दिनेगरी सम्झौता गरेको हो । केडिया ग्रुपका सिइओ अश्विन केडियाले आफैं पनि भलिबल खेलप्रेमी हुन् । त्यसैले पनि उनले भलिबल खेलको उत्कृष्ट लिग आयोजनाको लक्ष्य राखेका थिए । अब छिटै मिति घोषणासँगै अन्य कार्यक्रम पनि सार्वजनिक गर्ने आयोजकले तयारी थालेको छ । मार्की प्लेयर घोषणा र स्थानीय खेलाडीको आबद्दता पनि छुट्टै टुंग्गो लगाइने भएको छ ।

एनभिएलका सिइओ अश्विन केडिया भलिबल राष्ट्रिय खेल भए पनि यसको थप उचाइका लागि व्यावसायिक लिगको आवश्यकता औंल्याएका छन् । त्यसैले तीन विदेशी खेलाडसहित ट्यालेन्ट हन्टमा सम्भावना बोकेका खेलाडी टिममा राख्न राम्रो माध्यम सिर्जना गर्ने उनले योजना बनाएका छन् । नयाँ प्रतिभाले विश्वस्तर खेलाडीसँग खेल्न पाउँदा मात्र नेपालको राष्ट्रिय खेल विकासमा ठूलो टेवा पुग्ने उनको बुझाई छ । साथै घरेलु ९ खेलाडीले पनि स्तरीय लिगमार्फत आफ्नो प्रतिभा तिखार्ने अवसर पाउनेछन् । यो लिगमा अन्तराष्ट्रिय भलिबलमा माझ स्थापित गर्न कुनै कसर नराख्ने एनभिएलका सिइओ अश्विनको योजना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>