चितवन विशेष

गीतानगरमा एकदिने यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम

०
Banner

शिव शर्मा

चितवन, माघ १०–

नेपाल रेडक्रस सोसाइटी गीतानगर उप–शाखाको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा अरुणोदय कलेजमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी एकदिने यौन तथा प्रजनन् शिक्षा दिइएको हो ।

कार्यक्रममा यौन व्यवहार, प्रजनन् स्वास्थ्य सम्बन्धि ज्ञान र प्रचारप्रसारका सम्बन्धमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाका सभापति कुमार राउतले जानकारी दिनुभयो । किशोर अवस्थामा किशोरीहरुमा देखा पर्ने यौनजन्य रोगलाई रोकथाम र त्यसबाट बच्न आवश्यक पर्ने पूर्व तयारीका बारेमा किशोरीहरुमा स्पष्ट जानकारी भएमा मात्र सामुदायिक स्वास्थ्य राम्रो रहने भएकाले यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव एवं प्रशिक्षक रोशन सोतीले यौन स्वास्थ्य, प्रजनन् क्रियाकलाप लगायत विषयमा विद्यार्थीलाई प्रष्ट पार्नुभयो । युएसएआइडीका कार्यक्रम अधिकृत सपना पोखरेलले समेत सहजीकरण गुर्नभएको थियो ।

कार्यक्रम अरुणोदय कलेज सञ्चालक समिति अध्यक्ष रमेश प्रसाद कोइरालाको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाका सभापति कुमार राउतको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा ४० जना विद्यार्थीहरुको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>