चितवन विशेष

नारायणगढ लायन्सद्धारा अतिबिपन्न बालबालिकालाई न्यानो कपडा सहयोग

०
Banner

चितवन, माघ १०–

सामाजिक कार्यमा सक्रिय संस्था नारायणगढ लायन्स क्लवले आफ्नो स्थापना दिवसको अवसर पारेर अतिबिपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

क्लवको स्थापना दिवससंगै क्लवका संस्थापक सदस्य एवं पूर्व अध्यक्ष लायन स्व.नीरकुमार पियाको स्मृतिमा सुनौलो किरण संस्थाद्धारा संचालित सिद्धी छात्राबासमा आश्रित ६४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । क्लवका अध्यक्ष राजु पियाले जाडोमा विद्यार्थीलाई कुनै समस्या नहोस् भनेर ४२ हजार ५ सय रुपैयाँ बराबरको कपडा खरिद गरेर सहयोग गरिएको जानकारी दिए ।

उक्त कार्यक्रमा संयोजक तथा प्रथम उपाध्यक्ष लायन सनद कुमार पिया, पूर्व अध्यक्ष लायन प्रसन्नकुमार जोशी, पूर्व अध्यक्ष लायन बिबश पिया, कोषाध्यक्ष लायन प्रशान्त कुमार पिया र छात्रावासका संचालक भरत चेपाङको उपस्थिती रहेको क्लबका सचिव लायन उमेश पियाले जानकारी दिए । कपडा हस्तान्तरण कार्यक्रम क्लवका अध्यक्ष राजु पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नारायणगढ लायन्स क्लवले महिलाहरुको जीवनस्तर उकास्न लामो समयदेखि निःशुल्क सिकाईकटाई तालिम संचालन गर्दै आइरहेको छ भने बालबालिकाहरुलाई चित्रकलामा प्रोत्साहन गर्न निःशुल्क चित्रकला तालिम समेत प्रदान गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>