चितवन विशेष
विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेय देवघाट महा-महोत्सवमा,भोलीदेखि प्रवचन हुने
०

चितवन,माघ १०-
विश्वकै कान्छी कथावाचिका शुश्री अनुराधा पाण्डेय देवघाट महामहोत्सवमा कथा वाचन गर्न बुधबार देवघाट आउनुभएको छ । ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दु धर्मको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याउँदै धेरै स्थानमा कथा वाचन गरिसक्नुभएको छ । सानै उमेरदेखि धार्मिक ग्रन्थहरुको गहिरो ज्ञान राख्ने पाण्डेयले संस्कृत,हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्धितीय क्षमता प्रदर्शन गर्दै श्रोताहरुलाई मन्त्रमुग्ध पार्न सफल हुनुभएको छ । उहाँका कथा वाचनहरुले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई आकर्षित बनाउन सफल भएको छ । देवघाटमा जारी महामहोत्सवमा हजारौं भक्तजनहरुको उपस्थिति छ । देशका विभिन्न स्थानबाट महामहोत्सवमा सहभागि हुन भक्तजन यहाँ आएका छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























