समाचार
प्रधानमन्त्री ओलीले मेयर साम्पाङलाई भेट दिएनन्
०

काठमाडौँ, माघ ८-
खानेपानीको समस्या बोकेर काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न नमानेको बताएका छन्। मंगलबार सञ्चारकर्मीहरूसँग बोल्दै मेयर साम्पाङले प्रधानमन्त्रीलाई भेट्न सचिवलाई पट्क पट्क फोन गरेपनि नउठेको उनले बताए।
उनले प्रधानमन्त्री आफूसँग रिसाएको प्रतिक्रिया पनि दिएका छन्। ‘प्रधानमन्त्रीले भेट्न मान्नुभएन होला सायद। खबर त पुग्या होला। उहाँ मसँग रिसाउनुभयो, रित्तो गाग्री बोकेर आयो भनेर,; उनले भने, ‘म चैँ खुटा मोल्ने मान्छे होइन्। चिल्लो चाप्लो गरेर अर्कालाई लडाउन आउँदैन।’
मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर आफ्ना समस्या राखेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























