Breaking News

मन्त्री यादवले हर्क साम्पाङलाई भनेः यही वर्ष टेण्डर निस्किन्छ, खुसी भएर फर्कनू

Banner

काठमाडौं, माघ ८-

खानेपानी मन्त्री प्रदिप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानमा खानेपानीको समस्या चाँडै समाधान हुने आश्वासन दिएका छन् ।

खानेपानी मन्त्री यादव भेट्न मन्त्रालय पुगेका साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निस्कने आश्वासन दिँदै खुसी भएर धरान फर्कन आग्रह गरेका हुन्।

मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>