समाचार

आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Banner

काठमाडौँ, माघ ८-

अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

यसअघि आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो । उक्त म्याद सोमबार सकिएपछि प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ।

यही माघ २ गते तामाङलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो। उनीविरुद्ध पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>