चितवन विशेष

चितवन घटनामा आस्था राउतले विरोध गर्दै भनिन्ः प्रहरीले कुटेरै ठिक पार्नुपर्छ भन्ने चलन अब परिवर्तन हुनुपर्छ

Banner

 चितवन, माघ ८-

गायिका आस्था राउतले प्रहरीले चितवनमा एक जना युवामाथि गरेको निर्घात कुटपिटको विरोध गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले त्यसको विरोध गरेकी हुन् ।

प्रहरीको भकुर्ने बानी परिवर्तन हुनुपर्ने धारणा राखेकी छन् । विदेशमा मान्छे मारेको मानिसलाई समेत प्रहरी हात नहाल्ने उनको भनाइ छ ।

‘न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि, त्यो भाइलाई मामा । हाम्रो देशमा कुटेरै तह लगाउँछौँ भनेर ठोक्छन्’, उनले भनेकी छन् ‘घरी जुँगाको लडाइँ हो कि बा जस्तो लाग्छ ।’ संस्कार सिकाउनै भएपनि कुट्नु समाधान नभएको बताउँदै उनले कुटेरै ठिक पार्नुपर्छ भन्ने चलन अब परिवर्तन हुनुपर्नेमा जोड दिएकी छन् ।

‘मानिसहरुको मानसिक स्थिति नै परिवर्तन हुनसक्छ । ठाउँका ठाउँ लाग्यो भने ज्यान जान सक्छ’, उनले सरकारसँग पनि प्रश्न समेत गरेकी छन्, ‘बोल्न नहुने कस्तो गणतन्त्र हो सरकार ?’

‘ठिक छ कल गर्छु भन्यो भने ल गर भनेर भ्यानमा हाले भइहाल्यो नि । अनि लगेर जेल हाले भयो’, आस्थाले अगाडि भनेकी छन्, ‘किन राम धुलाई गर्नु निर्घात रूपमा बिच सडकमा ।’

हेर्नुहोस् उनको फेसबुक स्टाटसः
सन्दर्भ -मामाले भान्जा बाबुलाई 1 Chance पनि नदिकन भकुरेको 😂
न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा।। 😬 हाम्रो देशमा कुटेरै तह लगाउँछौँ भनेर ठोक्‍छन..घरि घरि जुँगाको लडाइ पनि हो कि बा जस्तो पनि लाग्छ है ! 🤪 संस्कार सिकाउनै भए पनि कुट्नु समाधान हैन तर कुटेरै ठिक पार्नु पर्छ भन्ने चलन छ 🥺 यसरी भकुर्ने बानी परिवर्तन हुनु पर्छ जस्तो मलाई लाग्छ ! मान्छेहरु को मानसिक स्थिति नै परिवर्तन हुन सक्छ, ठाउँ कुठाउँ लाग्यो भने ज्यान जान सक्छ ! बिदेशमा मान्छे मारेकोलाई नै त हात धरि हाल्दैन ! केहि बोल्नै नहुने कस्तो गणतन्त्र हो सरकार ? ठिक छ कल गर्छु भन्यो भने ल ल गर गर भनेर भ्यानमा हाले भै हाल्यो नि.. बरु पक्रिएर थुनामा राख्ने, जरिवाना तोक्ने वा अन्य कार्वाही गर्नपनि सकिन्थ्यो । किन राम धुलाई गर्नु त्यसरी निर्घात रुपमा बिच सडकमा ? कस्तो निरङ्कुश सासान हो ??🥺मामाहरुको बानी यो अहिले देखिको हैन होला ! मामाहरुको पाठ्यक्रम मै यसै गरि कुट्नु पर्छ भन्ने छ कि जस्तो पो लागो !! 🫡🤫🫣 यो कुनै नौलो कुरा चाहिँ होइन है।। तर हामीलाई परिवर्तन चाहिन्छ है 🙏🏼 सकारात्मक Suggestion को रुपमा लिऊँमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>