समाचार
धरानमा पानी माग्दै खानेपानी मन्त्रालय छिरे हर्क साम्पाङ
०

काठमाडौं, माघ ८-
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालय पुगेका छन् ।
धरानलाई खानेपानी माग्दै काठमाडौं आएको धरानका मेयर साम्पाङ खानेपानी मन्त्री भेट्न सिंहदरबार पुगेका हुन् ।
उनी रितो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका थिए । तर, प्रहरी उनको प्रहरीले गाग्री खोसेर राखेको छ । उनी मन्त्रालय जाँदा प्रहरीसँगै थिए ।
सोमबार काठमाडौं आइपुगेका हर्क धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने बताउँदै आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























