चितवन विशेष

अखिल (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा चितवनका अविनासको दावेदारी

०
Banner

चितवन, माघ ६–

चितवनका युवा नेता अविनास रम्तेलले नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा दावेदारी प्रस्तुत गरेका छन् ।

यही माघ १२ गते हुने अखिल (क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनमा रम्तेलले महासचिवमा दावेदारी प्रस्तुत गरेका हुन् । उमेर हदले विवाद निम्तिदा सम्मेलन रोकिएको थियो । ३२ वर्षे उमेर हद लागू गर्ने वा नगर्ने विषयमा निर्वाचन गरिएसंगै उमेरहद लागू गर्ने पक्षमा बहुमत प्राप्त भएसंगै रोकिएको सम्मेलन हुन लागेको हो । उमेर हद लागू हुँदा रम्तेल अघि बढ्ने अवसर पाएका छन् । रम्तेल १६ वर्षदेखि निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लाबासी भएकाले आफ्नो दाबेदारी उनले जोडका साथ प्रस्तुत गरेका छन् ।

रम्तेल २०६५ सालमा अखिल (क्रान्तिकारी) संगठनको सदस्यता लिएका थिए । त्यसको २ वर्षपछि नारायणी नमुना उच्च मा.वि.भरतपुरको इकाई अध्यक्षं हुनुको साथै जिल्ला सिमिति सदस्य बनेका थिए । उनी संगठनको जिल्ला सचिवालय सदस्य (२०६९), संगठनको जिल्ला सचिव (२०७१), २१औ राष्ट्रिय सम्मेलनको केन्द्रीय समिति सदस्य (२०७३), संगठनको चितवन जिल्ला अध्यक्ष (२०७७) मा कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरि सकेका छन् । २२औं राष्ट्रिय सम्मेलनबाट संगठनको केन्द्रीय सदस्य (२०७८) र संगठनको चितवन जिल्ला इन्चार्ज (२०७९) रहेर काम गरेको अनुभव छ ।

रम्तेलले आफू विद्यार्थीको हकहितमा सदैव लड्दै आइरहेको भन्दै आउने चुनौतिलाई पार लगाउन महासचिवमा दाबेदारी प्रस्तुत गरिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>