अन्तर्राष्ट्रिय
सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी पक्राउ
०

नयाँदिल्ली, माघ ६
मुम्बई पुलिसले बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ। बिहीबार खानमाथि उनकै बान्द्रस्थित निवासमा चक्कु प्रहार भएको थियो ।
आरोपीलाई आइतबार बिहान ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । मुम्बई प्रहरीले यो घटना मोहम्मद आलियान उर्फ बीजेले गराएको दाबी गरेको छ। पक्राउ पर्ने डरले, आरोपीले पहिले आफूलाई विजय दासको रूपमा चिनाएका थिए।
बिहान ३स्३० बजे आरोपीलाई सोधपुछको लागि बान्द्रा प्रहरी चौकीमा लगिएको थियो भने आइतबार नै अभियुक्तलाई अदालतमा पेस गरिनेछ ।
यसैबिच प्रहरीले पत्रकार सम्मेलनमार्फत खानमाथि चक्कु प्रहार भएको घटनाका आरोपी बंगलादेशी नागरिक भएको हुनसक्ने जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























