Breaking News
शासन गर्न अध्यादेश ल्याएको होइन, १५-२० दिनपछि संसद खुल्नासाथ पेस गर्छौं: प्रधानमन्त्री ओली
०

काठमाडौं, माघ ४-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको गति दिन सरकारले विभिन्न कानूनमा संशोधन गर्न अध्यादेश ल्याएको स्पष्ट पारेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी १५ दिनपछि हुने संसद अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने बताए ।
उनले भने, ‘जनतालाई सेवा दिन र व्यवसायीलाई सकारात्मक सहयोग गर्न हामीले अध्यादेश ल्याएका हौं । कतिपयले अध्यादेशले शासन गर्न खोज्यो भनेर विरोध गर्न खोजेका छन् । १५-२० दिनभित्र संसद आइसक्छ, त्यहाँ पेस गर्छौं, छलफल गर्छौं र अगाडि बढाउँछौं । हामी दुई महिनाभित्र टुंगो लगाइसक्छौं । महत्वपूर्ण कुरालाई दुई महिना कुर्न सक्दैनौं । काम गर्न कानून फेरेरै अगाडि बढ्छौं ।’