भिडियो

प्रेमी ध्रुव गुरुङसँग आजै लगनगाँठो कस्दै गायिका मेलिना राई

Banner

काठमाडा, माघ ४-

गायिका मेलिना राईले आज (शुक्रबार) विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना गरिएको छ ।

दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् ।

इलामका ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको बताइन्छ ।

विवाहको तयारी केही साता अगाडिबाट सुरु भए पनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए । जसको तस्बिर बिहीबार सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>