चितवन विशेष

कालिका पावर कम्पनीको नाफा १५ प्रतिशत बढीले वृद्धि

Banner

भरतपुर,पुस १-

कालिका पावर कम्पनी लिमिटेडको नाफामा १५.२४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालू आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा नाफा वृद्धि भएको देखिएको हो। रकममा एक करोड १२ लाख २९ हजार ३३५ रूपैयाँले वृद्धि भएको कम्पनीको सोमबार सम्पन्न १७औं वार्षिक सधारण सभामा प्रस्तुत प्रतिवेदनले भनेको छ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौताअनुसार कम्पनीको वार्षिक आम्दानी १९ करोड १६ लाख २२ हजार ६६६ रूपैयाँ भएको कम्पनीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। ‘विद्युत प्राधिकरणसँग कम्पनीले तीन करोड २८ लाख ६२ हजार ८३३ किलोवाट घण्टा विद्युत शक्ति उपलब्ध गराउन सकिने प्रावधान भएअनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले जम्मा तीन करोड १२ लाख पाँच हजार २९६ किलोवाट घण्टा विद्युत उत्पादन गरी रू १९ करोड १६ लाख २२ हजार ६६६ रूपैयाँ वार्षिक आय गर्न सफल भएको छ,’ कम्पनीका अध्यक्ष पाण्डेले भने।

कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भने एक करोड २५ लाख २५ हजार ६५ किलोवाट घण्टा विद्युत शक्ति उत्पादन गरेर ५.५२ का दरले बिक्री गर्दा ६ करोड ८९ लाख ९६ हजार ७५७ रूपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष पाण्डेले जानकारी दिए।

कम्पनीको आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ८७ करोड २८ लख ५० हजार र चुक्ता पुँजी ८७ करोड २८ लाख ५० हजार रहेको पनि साधारण सभामा उनले जानकारी दिए। कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाको मुच्चोक र बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी सीमाना भएर बग्ने दरौँदी नदीमा छ हजार किलोवाट क्षमताको जलविद्युत उत्पादन गरी विद्युतको व्यापारिक उत्पादन सुरू गरिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>