चितवन विशेष
चितवनको माडीमा गैंडाको आक्रमणबाट एकको मृत्यु, तीन घाइते
०

चितवन, माघ १–
चितवनको माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आज दिउँसो माडी नगरपालिका–३, स्थित चितवन राष्ट्रिय निकुञ्जको छेउमा भैसी चराउने क्रममा स्थानीय ५६ वर्षीय छबिलाल बोटलाई गैंडाले आक्रमण गरेको थियो । बोटको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर महतोले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि भरतपुर ल्याईएको छ ।
सोही गैंडाको आक्रमणबाट मृतकसंगै गएका अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा माडी–३ कै ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट घाइते भएका छन् । हेमराज र कृष्णको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने बोटको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।