चितवन विशेष

‘आएसएमटी चितवन म्युजिक फेस्ट’ भोलि हुँदै, इलिमेन्ट्स ब्याण्डको प्रस्तुती रहने

Banner

चितवन, पुस २९–

भरतपुर महानगरपालिका–१२, स्थित आएसएमटी कलेज चितवनले भोलि माघ १ गते ‘आएसएमटी चितवन म्युजिक फेस्ट’ आयोजना गर्दैछ । फेस्टको सबै तयारी पुरा भइसकेको कलेजले एक विज्ञप्ती जारी गरेर जनाएको छ ।

पढाईका साथसाथै मनोरञ्जन गराउने उद्देश्यले आयोजित कार्यक्रममा कलेजमा अध्ययनर विद्यार्थीहरुले आफ्नो कला, गायन, नृत्य प्रस्तुत गर्नेछन् । साथै कार्यक्रममा नेपालकै चर्चित ब्याण्ड ‘दि इलिमेन्ट्स’को विशेष प्रस्तुती रहने कलेजका विजनेशन डेभलपमेन्ट हेड बासुदेव ओस्तीले जानकारी दिए । उनले कार्यक्रममको सम्पूर्ण तयारी पुरा भइसकेको र भव्य रुपमा आयोजना गरिने बताए ।

आएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, बिराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सण्डरल्याण्डकै सम्बन्धनमा कलेज संचालन गरी बीबीए, बीएचएम, बिएससी, आइटी (सिएसई), बीएससी, साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सी र एमबीए कार्यक्रम संचालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>