समाचार
प्रधानमन्त्री ओली आज संसदीय समितिमा जाने
०

काठमाडौं, पुस २९-
विदेश भ्रमणबारे छलफल गर्न संसदीय समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको हो।
प्रधानमन्त्रीबाट भएको पछिल्लो विदेश भ्रमण र परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले गत मंसिरमा छिमेकी मुलुक चीनको भ्रमण गरेका थिए।
बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा शुरु हुनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























