Breaking News

गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ

Banner

काठमाडौं, पुस २७-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेस मिलेर गठन भएका विगतमा सरकारले राम्रो काम गरेको दाबी गरेका छन् । विगतमा कांग्रेस–एमालेले नौ महिना र एक वर्ष सरकार चलाउँदा गर्व गर्न सक्ने अवस्था बनेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले वर्तामान सरकारले पनि गर्नुपर्ने खालका काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आमनिर्वाचनसम्म चल्ने दाबी गर्दै थापाले तीन वर्षमा विगतमा झैँ जनताका लागि राम्रो काम गरेर देखाउनुपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>