Breaking News

सांसद ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ

Banner

विराटनगर, पुस २५-

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमोरियाका अनुसार पोखरेलमाथि एमबीबीएसमा भर्ना गराइदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पीडित चौधरी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बासिन्दा हुन्।

यस सम्बन्धमा सोमबार मोरङ जिल्ला अदालतले पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पुस १९ गते अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>