चितवन विशेष
कार दुर्घटनामा घाइते नारायणगढका व्यवसायी रमेश गैरेको निधन
०

चितवन,पुस २३-
कार दुर्घटनामा परेर गम्भिर घाइते हुनुभएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । उहाँको भरतपुर अस्पतालमा उपचारका क्रममा आज (मंगलबार) साँझ निधन भएको हो । पुस १ गते माडीको एक कार्यक्रममा सहभागि भएर फर्कदै गर्दा व्यवसायी गैरे सवार कार दुर्घटनामा परेको थियो ।
उहाँको २३ दिनदेखि भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । व्यवसायी गैरैको निधन भएको सर्पउद्धारकर्ता यमलाल भण्डारीले जानकारी दिनुभयो । म अस्पतालको आइसियुमै छु,उहाँले भन्नुभयो,चिकित्सकले भर्खरै मृत्यु भएको जानकारी गराइसक्नुभएको छ । युवामाझ लोकप्रिय गैरेले नारायणगढमा चस्मा पसल संचालन गर्दै आउनुभएको थियो । गैरेको निधनले परिवार, आफन्त र नारायणगढका व्यवसायी शोकमा डुवेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























