चितवन विशेष

हंस सहकारीले विद्यार्थीलाई बाँड्यो जाडोमा न्यानो कपडा

Banner

चितवन, पुस २३-

चितवनको भरतपुर महानगरपालिका-११ गणेश स्थानमा रहेको श्री सिद्धि जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ६० जना विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको हो ।

संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले कार्यक्रममा बोल्दै सहकारीको एक सिद्धान्त समुदाय प्रतिको चासोलाई प्राथमिकतामा राख्दै संस्थाले विगतदेखि सामाजिक सेवाका क्षेत्रमा योगदान गर्दै आएको कुरा उल्लेख गर्नुभयो। सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता प्रकट गर्दै यस्तो कार्यक्रमले संस्थालाई समुदायसँग अझ नजिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाको परिचय सहित कार्यक्रमको औचित्यलाई जोड दिनुभयो । उहाँले सहकारीको मुख्य उद्देश्य आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान पुर्‍याउनु हो भने यस्ता कार्यक्रमले संस्थाको समाजप्रतिको दायित्वलाई प्रतिबिम्बित गर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले विद्यार्थीहरूको आवश्यकता पूरा गर्दै सामाजिक सेवामा महत्वपूर्ण योगदान दिएकोमा संस्थालाई धन्यवाद दिदै उहाँले यस्तो सहयोगबाट विद्यालयका विद्यार्थीहरूलाई पठनपाठनमा प्रोत्साहन मिल्ने बताउनुभयो । सो अवसरमा संस्थाकी सचिव शारदा शर्मा पौडेलले सहकारीले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवामा गरेको निरन्तर प्रयासबारे चर्चा गर्नुभयो । उहाँले संस्थाले अन्य क्षेत्रमा पनि सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेलेको कुरा जोड गर्नुभयो ।

उक्त कार्यक्रममा संस्थाका लेखा समितिका सदस्य कृष्णहरि तिमिल्सेना, सञ्चालक अनिता मैनाली, सूर्य बराल, होमनाथ सापकोटा, लेखा प्रमुख नविना अधिकारी, र विद्यालयकी प्रधानाध्यापक कमला पौडेल लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>