Breaking News

चितवनका तेजेन्द्रविरुद्ध पाँच करोड क्षतिपूर्ती माग्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्‍यो

Banner

चितवन, पुस २२-

चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा चौधरी ग्रुपले हारेको छ। फेसबुक वाइवाइविरुद्ध लेखेको भन्दै चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति, २० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो।

गत वैशाखमा काठमाडौँ महानगरपालिकाले वाइवाई चाउचाउको गुणस्तर नभएको भन्दै चौधरी ग्रपलाई २ लाख जरिवाना गराएको थियो। त्यसपछि वाइवाई चाउचाउको गुणस्तरबारे देशभर चर्चा भएको बेला पौडेलले पनि फेसबुकमार्फत वाइवाइको गुणस्तर नभएकाले नखाने घोषणा गरेका थिए।

पौडेलले ‘बाइबाइ वाइवाई चाउचाउ, कसैले नखानु वाइवाई चाउचाउ’ भनेर फेसबुकमा लेखेका थिए। त्यसपछि चौधरी ग्रुपले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

पौडेलले आइतबार फेसबुकमार्फत् आफूले मुद्दा जितेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘चौधरी ग्रुप सङ को मुद्दामा मैले आज बल्ल करिब १ वर्ष मा न्याय पाएँ चितवन जिल्ला अदालत लगायत मलाई सहयोग गर्नुहुने सबैलाई हृदयदेखि नमन गर्न चाहन्छु।’ जिल्ला अदालत चितवनले पनि गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला भएको जानकारी दियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>