Breaking News

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न सकेन: प्रचण्ड

Banner

काठमाडौं, पुस १९-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए ।

अहिलेको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक काम हुन नसकेको उनले बताए । प्रचण्डले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदविरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई निकाल्ने गरी इमान्दारीसाथ काम गरेको जिकिर गरे ।

राजनीतिक नेतृत्वको इमान्दारी जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार रहेको बताए । उनले पालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>